कर्णाली प्रदेश अस्पतालको आइसियुमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

कर्णाली प्रदेश अस्पतालको आइसियुमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु


९ असार २०७७, मंगलबार


सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत एक कोरोना सङ्क्रमितको मङ्गलवार मृत्यु भएको छ । असार ४ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रदेश अस्पतालमा भर्ना भएका उनको मङ्गलवार मृत्यु भएको हो ।

वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचारत दैलेख दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिएका छन् ।

डाक्टर पौडेलका अनुसार उनको अवस्था गम्भीर भएकोले सिधै आइसियुमा राखेर उपचार गरिएको थियो । मृतक लामो समयदेखि क्षयरोग पीडित पनि थिए ।

योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस