दिगो विकास र सहकारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दिगो विकास र सहकारी


९ असार २०७७, मंगलबार


दिगो विकास
अङ्ग्रेजी शब्द ‘सस्टेनेबल डेभलप्मेन्ट’ को नेपाली रूपान्तरणका रूपमा दिगो विकासलाई लिने गरिन्छ । ‘सस्टेनेबल’ शब्द ल्याटिन भाषाको ‘सब्टेनिर’ बाट आएको हो । ‘सब्टेनिर’ जसको शाब्दिक अर्थ हो । ‘टु होल्ड अपन अर सपोर्ट फर्म बिलो’ । सन् १९६० को दशकमा पश्चिमा देशहरुमा आएको विकासको लहरले प्राकृतिक साधन स्रोतको अत्याधिक उपयोगले वातावरणीय ह्रास आउन थाल्यो । जसको कारण मानवीय स्वास्थ्य लगायत जैविक विविधतामा समेत नकारात्मक प्रभाव पार्दै जान थाल्यो ।

सन् १९८७ मा संयुक्त राष्ट्र सङ्घले वातावरण र विकासका सम्बन्धमा काम गर्न गठन भएको बुटल्यान्ड आयोगले हाम्रो साझा भविष्य ‘आवर कमन फ्युचर’ भन्ने प्रतिवेदन सार्वजनिक गर्न पुग्यो । सोही प्रतिवेदनका अनुसार दिगो विकासको परिभाषा ‘सस्टेनेबल डेभलपमेन्ट इज डेभलपमेन्ट द्याट मीट्स द नीड्स अफ द प्रजेन्ट विदाउट कम्प्रोमाइजिङ द एबिलिटी खफ फ्युचर जेनेरेशन्स टु मीट दियर वन निड्स । इट कन्टेन्स विदिन इट टू की कन्सेप्ट । द कन्सेप्ट अफ नीड्स इन पार्टिकुलर द इसेन्शियल नीड्स अफ द वर्ल्ड पूवर टु ह्विच आभर राइडिङ प्रायोरिटी सुड बि गिभन अ्याण्ड द आइडिया या लिमिटेशन इम्पोज्ड बाइ द स्टेट अफ टेक्नोलोजी अ्याण्ड सोसल अर्गनाइजेशन अन द इन्भाइरोन्मेन्ट्स एबिलिटी टु मीट प्रजेन्ट अ्याण्ड फ्यूचर नीड्स ।’ भविष्यमा आवश्यक पर्ने स्रोत र साधनमा कुनै प्रकारको प्रभाव नपारी सन्तुलित ढङ्गले वर्तमान आवश्यकताको परिपुर्ति गर्ने, गरिबहरुको आवश्यकतालाई अत्यधिक प्राथमिकतामा राख्ने र प्रविधिको अत्यन्त बढी विकास र उपयोगको कारणबाट वातावरणमा पर्ने प्रभावका सम्बन्धमा ध्यान दिई भविष्यका आवश्यकताहरूलाई पूर्ति गर्न विशेष रूपमा सजग हुनु पर्ने जस्ता विषयलाई यस आयोगले समेटेको पाइन्छ ।

सामान्य अर्थमा “दिगो विकास भन्नाले भावी सन्ततिको पर्यावरणीय आवश्यकता पृथ्वीको बहन क्षमता र प्राकृतिक स्रोतको दीर्घकालीन सुनिश्चितता समेतलाई ध्यानमा राखी गरिने विकासलाई बुझिन्छ ।” वर्तमानमा गरिने विकास निर्माणसँग सम्बद्ध विभिन्न क्रियाकलापले वा विकासका नाममा गरिने प्राकृतिक साधन र स्रोतको दोहनले भविष्यको पुस्तालाई नकारात्मक असर नपु¥याउनुनै दिगो विकास हो ।

संयुक्त राष्ट्रसङ्घले दिगो विकासका लागि सन् २०१५ को सेप्टेम्बर २५ मा १७ वटा लक्ष्य १६९ वटा परिमाणात्मक लक्ष्य २३२ वटा मापनयोग्य सूचक तय गरेको छ । नेपाल संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र हुनाले दिगो विकासका लक्ष्यहरूलाई अनुमोदित गरी कार्यान्वयनको प्रतिबद्धता समेत जनाएको छ । अन्तर्राष्ट्रिय सहकारी माहासंघले पनि दिगो विकासका लक्ष्यहरूलाई स्वीकार गरेको अवस्थामा, नेपालमा समेत दिगो विकासको लक्ष्य प्राप्तिको लागि सहकारी क्षेत्रको पनि अग्रणी भूमिका रहँदै आएको छ । “दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’’ भन्ने मूल नाराका साथ सहकारी दिवस मनाइरहँदा सहकारी क्षेत्र दिगो विकासका लागि अत्यन्तै संवेदनशील छ भन्ने बुझिन्छ ।

दिगो विकासका लक्ष्यहरू(२०३०)
१. नो पोभर्टी
२. नो हङगर
३ गुड हेल्थ
४. क्वालिटी एजुकेशन
५. जेन्डर इक्वालिटी
६.क्लिन वाटर एण्ड सेनिटेशन
७. रिन्युएबल इनर्जी
८. गुड जव एण्ड इकोनोमिक ग्रोथ
९. इनोभेशन एण्ड इन्फ्राइस्ट्रक्चर
१०. रिड्युस्ड इन्इक्वालिटिज
११. सस्टेनेबल सिटीज एण्ड कम्युनिटिज
१२. रिस्पोन्सिबल कन्सुम्शन
१३. क्लाइमेट एक्शन
१४. लाइफ बिलो वाटर
१५. लाइफ अन ल्याण्ड
१६. पीस एण्ड जस्टिस
१७. पार्टनरसिप फर द गोल्स

सहकारी
समाजमा बस्ने विभिन्न तह र तप्काका मानिसहरूले उनीहरूको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गरी आपसी हित प्राप्तिका लागि स्वस्फुर्त रूपमा गठन गरिएका गैरनाफामुलक संस्था नै सहकारी हो । इन्टरनेशनल कोअपरेटिभ अलाइन्सका अनुसार ‘ को अपरेटिभ आर पिप्ल सेन्टर्ड इन्टरप्राइज वन्ड, कन्ट्रोल्ड एण्ड रन बाइ एण्ड फर दियर मेम्बर्स टु रिअलाइज दियर कमन इकोनोमिक, सोसल एण्ड कल्चरल नीड्स उण्ड स्पाइरेशन ।’

सहकारी स्वावलम्वन, स्वउत्तरदायित्व, लोकतन्त्र, समानता, समता खुलापन, सामाजिक न्याय र सामाजिक उत्तरदायित्व लगायतका मूल्य मान्यतालाई आत्मसाथ गरी समान भावना र आकाङ्क्षा भएका व्यक्तिहरूले स्वैच्छिक रूपमा सामाजिक, सांस्कृतिक र आर्थिक हित प्रवद्र्धका लागि स्थापना गरिएको स्वायत्त संस्था हो । सहकारीलाई सामाजिक व्यवसायकोरुपमा पनि लिने गरिन्छ । सहकारीको मूल्य मान्यता, र सिद्धान्त अनुरूप देशका विभिन्न क्षेत्रमा छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई एकीकृत गरी सहकारी संस्थाको माध्यमबाट समग्र अर्थतन्त्रलाई विकास गरी सदस्यको आर्थिक उत्थानशिलता विकास गर्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने कार्य सहकारी संस्थाले गर्दछ । सरकारी, निजी तथा अन्य वित्तीय संस्थाहरू पुग्न नसकेको दूर दराजका क्षेत्रमा समेत सहकारी संस्थाले आफ्ना सदस्यलाई सेवा पु¥याई आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा योगदान रहेको छ ।

दिगो विकास र सहकारी
राष्ट्रको दिगो आर्थिक समृद्धि र सामाजिक रूपान्तरणका लागि गुणात्मक सहकारिताको विकास गर्दै समृद्धि राष्ट्र निर्माणमा सहकारी क्षेत्रले जोड दिँदै आएको पाइन्छ । सहकारीको माध्यमबाट शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, उद्योग लगायतका क्षेत्रमा लगानी वृद्धि गर्दै गरिबी निवारण र दिगो रोजगारीका अवसरहरू सृजना गर्न सकिन्छ । सहकारी मार्फत विपन्न वर्ग, पिछडिएको समुदायलाई आर्थिक तथा सामाजिक सशक्तीकरणको प्रक्रियामा सहभागी गराउँदै सहकारी अभियानलाई सार्थकता प्रदान गर्न सकिन्छ । विपन्न वर्ग, समुदायका र महिलाका लागि क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्दै सदस्यलाई व्यवसायमा आबद्ध गराउँदै, सदस्यको आर्थिक उत्थान मार्फत गरिबी निवारण र दिगो रोजगारीका अवसरहरू सृजना गर्न सकिन्छ ।

कृषि उत्पादन र सोको बजारीकरणका लागि सहकारीको माध्यमबाट सहकारी बजारको विकास तथा विस्तार गर्दै सहकारी मैत्री कृषि बजारहरूको निर्माण गर्नुका साथै सहकारी संस्थाले सदस्यको कृषि उपज वस्तुको खरिद विक्री लगायतका क्रियाकलापहरूमा प्रत्यक्ष सहभागिता जनाउँदै सदस्यको उत्पादित वस्तुको भण्डार लगायतका कार्यहरूमा सहजीकरण गर्ने । शिक्षा, स्वास्थ्य, गरिबीको अन्त्य, भोकमरीको अन्त्य लैगिंक समानता, समावेशी राज्य व्यवस्था, दिगो आर्थिक वृद्धि एवम् सम्मानजनक रोजगारी, असमानता न्यूनीकरण, दिगो उत्पादन र उपभोग, जलवायु परिवर्तनका असर न्यूनीकरणका जस्ता दिगो विकासका क्षेत्रमा सहकारी क्षेत्रको भूमिका उल्लेखनीय रहेको छ । सहकारीले बचत तथा ऋणको कारोबार मात्र नगरी समग्र देशको दिगो आर्थिक विकासको परिकल्पना गर्दै संयुक्त राष्ट्रसङ्घको दिगो विकासको लक्ष्य प्राप्तिका लागि राज्यसँग समन्वयात्मक तथा सहकार्य गर्दै अगाडी बढ्नु पर्ने आवश्यकता देखिन्छ । दिगो विकासका लक्ष्य प्राप्तिको एक मात्र सहज माध्यम सहकारी मात्र हुन सक्ने कुरामा राज्यको पनि ध्यान जानु उत्तिकै जरुरी छ । संविधानमा नै व्यवस्था भएको तिन खम्बे अर्थनीति अनुसार सहकारी क्षेत्र पनि आर्थिक क्षेत्रका एक खम्बा भएको कारणले पनि दिगो विकासका लक्ष्य प्राप्तिका लागि सहकारी क्षेत्रको भूमिका महत्त्वपूर्ण नै रहने गर्दछ ।

दिगो विकासका लक्ष्य प्राप्तिका लागि सहकारी क्षेत्रको खेल्न सक्ने भूमिका सहकारी क्षेत्रले समाजमा छरिएर रहेका पुँजी, प्रविधि र जनशक्तिलाई एकीकृत गरी सदस्यको आर्थिक उत्थानशिलता विकास गर्दै रोजगारीका अवसरहरूको सृजना गर्ने, गरिबी न्यूनीकरणका लागि सदस्य लक्षित तालिम बाट सिप र दक्षता अभिवृद्धि गरी स्वरोजगार हुने खालका कार्यक्रमहरू सञ्चालन गर्ने, पिछडिएको वर्ग, समुदाय, दलित श्रमिक लगायतका सीमान्तकृत समुदाय लक्षित विशेष कार्यक्रम मार्फत उनीहरूको आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा टेवा पुग्ने खालका क्रियाकलापमा जोड दिने तथा उनीहरूको समाजमा सम्मानजनक सहभागिताको अवस्थाको सृजना गर्ने, जैविक विविधता संरक्षणका लागि प्रत्येक सहकारी संस्थाले जैविक विविधता सम्बन्धमा समुदाय स्तरमा जनचेतना मूलक कार्यक्रम गर्दै, एक सदस्य एक बिरुवा जस्ता कार्यक्रम मार्फत वृक्षारोपण गरी बनजङगल संरक्षण लगायत वातावरणीय सन्तुलनको क्षेत्रमा योगदान पु¥याउने कार्य गर्ने, सहकारी क्षेत्रमा रहेका पुँजी प्रविधि र जनशक्तिको परिचालन मार्फत कृषिको आधुनिकीकरण, व्यवसायीकरण तथा प्रविधिकरणमा लगानी भित्राउँदै, राज्यलाई कृषिमा आत्मनिर्भर बनाउने कार्यमा जोड दिन सकिन्छ । नागरिकमा सामुदायिक तथा सहयोगी भावनाको विकास गर्दै स्थानीय स्तरमा रहेको साधन स्रोत र पुँजीको परिचालन मार्फत वित्तीय अन्तरसम्बन्ध स्थापित गर्न सहकारी क्षेत्रको भूमिका रहन्छ, सहकारी क्षेत्रको आर्थिक, तथा वित्तीय सुशासन कायम गर्दै सामाजिक उत्तरदायित्व मार्फत दिगो विकासका लक्ष्य प्राप्त गर्न सहकारी क्षेत्रको सहकार्य अतिनै आवश्यक रहन्छ ।

अन्त्यमाः राष्ट्रको आर्थिक समृद्धि र सामाजिक रूपान्तरणका लागि दिगो विकासका लक्ष्यहरूलाई अवलम्बन गर्दै सामाजिक दायित्व सहित सहकारी संस्थाको परिचालन मार्फत राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याँउदै, भोकमरीको अन्त्य, गरिबी निवारण, असमानता न्यूनीकरण, सामाजिक न्याय र समानता सहितको राष्ट्र निर्माण गर्नु, सहकारी क्षेत्रको प्रभावकारी परिचालन गरी राष्ट्रिय अर्थतन्त्रको बलियो आधारशिला निर्माण गर्दै, सहकारी क्षेत्रको व्यवसायीकता प्रवर्द्धन गर्ने, वित्तीय सुशासन कायम राख्ने, र राज्यबाट सहकारी क्षेत्रलाई उपेक्षित होइन अपेक्षित बनाउने सकेमा सहकारी मार्फत दिगो विकासका लक्ष्य प्राप्तिमा उपलब्धि हासिल गर्नुका साथै संविधानले परिकल्पना गरेको संवृद्ध नेपाल सुखी नेपालीको नारा वास्तवमै प्राप्त गर्न सकिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस