पूर्व सचिव खनालद्वारा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदभार ग्रहण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पूर्व सचिव खनालद्वारा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदभार ग्रहण


८ असार २०७७, सोमबार


काठमाडौँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका नवनियुक्त कार्यकारी निर्देशक डा. राजन खनालले पदभार ग्रहण गरेका छन् ।

गत बुधवार मन्त्रिपरिषद्को निर्णयअनुसार नियुक्त नयाँ कार्यकारी निर्देशक खनालले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण पछिको पहिलो कार्यकारी निर्देशन दिँदै नवनियुक्त कार्यकारी निर्देशक डा। खनालले प्रतिष्ठानप्रति सरकारको ठुलो आशा रहेकाले यसलाई एकेडेमीक कोर्स सञ्चालन गर्ने दिशा तिर लैजाने प्रयास गर्नुपर्ने बताएका छन् ।

‘हाम्रो जस्तो एकेडेमीक संस्थामा भौतिक अवस्थाको विकाश, जनशक्तिको क्षमता विकाश र लक्षित समूहको क्षमता विकाश हाम्रा लागि महत्त्वपूर्ण रहन्छ’ उनले भने ।

संस्थाको सरकारसँगको सम्बन्ध असाध्यै पहत्वपुर्ण हुने बताउँदै संघीय संरचना अनुसारको प्रणालीमा मिल्न सक्ने गरी दक्ष र निपुर्ण सरकारी र सार्वजनिक संस्थाका कर्मचारीहरूको क्षमता विकाश गरिनुपर्ने उनको भनाई छ ।

प्रतिष्ठानले सरकारको नीतिगत परामर्शमा पनि ध्यान दिनुपर्ने भन्दै नमो बुद्धमा निर्माण गर्न प्रस्ताव गरिएको प्रतिष्ठानको भौतिक संरचना निर्माण सम्पन्न गर्नु आफ्नो कार्यकालको महत्त्वपूर्ण उपलब्धि रहने उनले बताए ।

नेपाल सरकारको सचिवको रूपमा विभिन्न समयमा प्रतिष्ठानको औपचारिक समितिहरूमा संलग्न रहेर कार्य गरिसकेका डा. खनाल २०४९ बाट नेपाल सरकारको सेवा प्रवेश गरेर विभिन्न मन्त्रालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतमा सचिवको जिम्मेवारीमा रहिसकेका छन् ।

नेपालको कर नीतिमा शोध गरी विद्यावारिधि प्राप्त गरेका खनालले संघीय संरचनामा वित्तीय संघीयता कार्यान्वयनमा नेपाल सरकारको लागि उल्लेख्य भूमिका खेलेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस