संसदीय समितिमा ‘लाज लाग्यो’ भन्दै दीपक मनाङेले दिए राजीनामा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संसदीय समितिमा ‘लाज लाग्यो’ भन्दै दीपक मनाङेले दिए राजीनामा


८ असार २०७७, सोमबार


पोखरा । गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिबाट सांसद दीपक मनाङेले राजीनामा दिएका छन् । अर्थ तथा विकास समितिका सदस्य रहेका दीपक मनाङे( वास्तविक नाम राजीव गुरुङ)ले समितिको सदस्यबाट कामप्रति चित्त नवुझेको भन्दै राजीनामा दिएका हुन् ।

उनले समितिको सदस्य भएर पनि केही गर्न नसकेको भन्दै राजीनामा दिएको बताएका छन् । उनले भने,‘काम नलाग्ने त्यस्तो समितिमा बसेर लाज लाग्यो, जताततै भ्रष्टाचार, काम गर्ने अधिकार छैन, समितिले अनुगमन गर्दैन, समितिले निर्देशन मात्रै दिँदो रहेछ, काम गर्ने निकायलाई केही भन्यो भने काम गर्दैन, देख्दा लाज लागेर आउँछ ।’

समितिले काम नगर्ने र निर्देशन मात्रै दिने र काम गर्ने निकायले काम नगरिदिने आफूले त्यस्तो ठाउँमा बसेर केही नसकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस