पर्यटनमन्त्रीको जूम मिटिङमा ‘पोर्न भिडियो’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पर्यटनमन्त्रीको जूम मिटिङमा ‘पोर्न भिडियो’


८ असार २०७७, सोमबार


काठमाडौँ । पर्यटन मन्त्री योगश भट्टराईको जुम मिटिङमा र्पोन भिडियो आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९)पछिको पर्यटन कसरी संचालन गर्ने भन्नेबारे तयार पारिएको ‘अपरेशनल गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिजम सेक्टरको लोकापर्णका लागि आयोजना गरेको जूम मिटिङमा एकाएक अश्लील भिडियो देखिएको हो ।

पर्यटन मन्त्री योगश भट्टराईले प्रोटोकल सार्वजनिक गर्न बोल्दै गर्दा भिडियो आएको थियो।

नेपाल पर्यटन बोर्डले होस्ट गरेको सो जूम मिटिङमा पर्यटन क्षेत्रका विज्ञ, पर्यटन व्यवसायी तथा मिडियाकर्मी गरेर २५० भन्दा बढी सहभागी थिए । जूम मिटिङ दिउँसो १ बजेबाट शुरु भएको थियो । उक्त अश्लील भिडियो सवा दुई बजेतिर देखिएपछि जूम मिटिङ मिटिङ रद्द भएको छ।

नेपाल पर्यटन बोर्डले भने ठूलो संख्यामा सहभागि आउँदा सोही मौका पारेर ह्याकर प्रवेश गरेको दाबी गरेको छ ।

बोर्डले पर्यटन क्षेत्रका र रुचीभएको व्यक्ति मात्रै आउने अनुमानका आधारमा सबैलाई एप्रुभ गर्दा ह्याकरले उक्त अश्लिल भिडियो पठाएको बताएको छ । यो विषयमा आवश्यक अनुसन्धान भइरहेको पनि बोर्डले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस