बिना पास बढी भाडा लिएर काठमाडौं प्रवेश गर्न खोज्ने ४ वस नागढुंगाबाट नियन्त्रणमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बिना पास बढी भाडा लिएर काठमाडौं प्रवेश गर्न खोज्ने ४ वस नागढुंगाबाट नियन्त्रणमा


८ असार २०७७, सोमबार


काठमाडौं । बिना पास बढी भाडा लिएर उपत्यका प्रवेश गर्न खोज्ने ४ बस नागढुंगाबाट नियन्त्रणमा लिइएका छन् । नेपालगन्ज र झापाबाट आएका भाडाका बसर र चालकहरुलाई ट्राफिक प्रहरी र जनपथ प्रहरकिो संयुक्त चेकिङ टोलीले विभिन्न मितिमा नागढुङ्गाबाट नियन्त्रणमा लिएको हो ।

नेपाल गन्ज बाट आएको बा ४ ७३६३ नम्बरको बस, ना ७ ख ५३९५ नम्बरको बस, बा४ख४५८० नम्बरको हाइस र ना५ख ५८३४ नम्बरको बस नियन्त्रणमा लिइएका छन् ।

यस्तै चालकहरु विकाश शर्मा, राहुल डगर, राकेश शाक्य र रुद्र बहादुर घर्ती रहेका छन् ।

उनीहरुले मौकाको फाइदा उठाइ सार्वजनिक बसहरुमा बिना पास बढी भाडा लिइृ काठमाडौं उपत्यका भित्रिदैँ गरेको सूचना प्राप्त भएपछि विशेष सूचनाको आधारमा बसहरुलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक महाशाखाका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस