अंगीकृत नागरिकता सम्बन्धी सातवर्षे प्रावधान कांग्रेसले नमान्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अंगीकृत नागरिकता सम्बन्धी सातवर्षे प्रावधान कांग्रेसले नमान्ने


७ असार २०७७, आइतबार


काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गरी आएकी विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्ताव नमान्ने भएको छ । कांग्रेसले उक्त प्रस्ताव असंवैधानिक भएको भन्दै फरक मत राख्ने निर्णय गरेको हो ।

आज कांग्रेस सभापति सेरबहादुर देउवा निवास बुढानिलकन्ठमा बसेको पार्टी पदाधिकारी बैठकले राज्य व्यवस्था तथा सुशासन समितिले सो प्रावधानसहितको विधेयक निर्णयार्थ प्रस्तुत गरेमा कांग्रसबाट समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुले फरक मत राखेर असहमति जनाउने निर्णय गरेको हो । समितिको बैठक आज २ बजे बस्नेछ ।

शनिवार बसेको नेकपा सचिवालयको बैठकले समितिले प्रस्ताव गरेअनुसारकै विधेयकलाई अघि बढाउने निर्णय लिएको थियो । सत्तारुढ दलको निर्णयपछि आजै बस्ने समितिको बैठकले नागरिकता विधेयक मतदानको प्रकृयाबाट निर्णय लिने संभावना बढेको छ ।

समितिमा सत्तारुढ दलकै सांसदको बहुमत रहेकाले सहजै पारित हुने अवस्था भए पनि कांग्रेसले फरक मत लेखेर विरोध जनाउने निर्णय लिएको हो । अर्को विपक्षी दल जनता समाजवादीले पनि उक्त विधेयकको विरोध गर्दै आएको छ । समितिमा उक्त पार्टीले पनि फरक मत राख्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस