भारत-चीन सीमा विवाद समस्या समाधान गर्न अमेरिका इच्छुक : डोनल्ड ट्रम्प « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारत-चीन सीमा विवाद समस्या समाधान गर्न अमेरिका इच्छुक : डोनल्ड ट्रम्प


७ असार २०७७, आइतबार


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र चीन बीचको सीमा विवाद समस्या समाधानमा सहयोग गर्न आफू इच्छुक रहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले उक्त समस्यालाई आफूले नियालिरहेको बताउँदै दुबै देशसँग आफ्नो कुराकानी भइरहेको बताएका छन् ।

उनले पत्रकाहरुसँग कुरा गर्दै उक्त परिस्थिति एकदमै कठिन रहेको बताएका छन् । उनले भने, ‘हामी भारत र चीनसँग कुराकानी गरिरहेका छौं, दुई देशबीच ठूलो समस्या छ, दुबैदेश आमुन्ने सामुन्ने भएका छन्, अब के हुन्छ हेरौं,हामी उनीहरुलाई सहयोग गर्ने प्रयासमा छौं ।’

भारत र चीनको सीमा क्षेत्र लद्दाखमा गत सोमबार राति भएको हिंसामा भारतका वरिष्ठ सैन्य अधिकारीसहित २० भारतीय सैनिकको मृत्यु भएको थियो । भारतले चीनियाँ सैनिक पनि हताहत भएको बताएको थियो तर चीनले भने त्यसबारे आधिकारिक जानकारी दिएको छैन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त विवादबारे आफूले गत महिना नै मध्यस्थता गर्न तत्पर रहेको सामाजिक सञ्जालमार्फत बताएका थिए ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘हामीले भारत चिन बीच जारी सीमा विवादबारे मध्यस्थता गरिदिन तयर, इच्छुक र सक्षम भएको जानकारी दिएका छौं, धन्यवाद । ’

राष्ट्रपति ट्रम्पले उक्त विवादले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मनोदशा ठीक नभएको बताएका थिए ।

राष्ट्रपति ट्रम्पले गरेको प्रस्तावलाई भारत र चीन दुवैदेशले अस्वीकार गरेका थिए ।

अमरिकाले उक्त दुई देशको सीमा विवादप्रति चासो राख्दै आएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भारतीय सैनिकको मृतयु प्रति समवेदना प्रकट गरेका थिए । बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस