२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत-चीन सीमा विवाद समस्या समाधान गर्न अमेरिका इच्छुक : डोनल्ड ट्रम्प

अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र चीन बीचको सीमा विवाद समस्या समाधानमा सहयोग गर्न आफू इच्छुक रहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले उक्त समस्यालाई आफूले नियालिरहेको बताउँदै दुबै देशसँग आफ्नो कुराकानी भइरहेको बताएका छन् ।

उनले पत्रकाहरुसँग कुरा गर्दै उक्त परिस्थिति एकदमै कठिन रहेको बताएका छन् । उनले भने, ‘हामी भारत र चीनसँग कुराकानी गरिरहेका छौं, दुई देशबीच ठूलो समस्या छ, दुबैदेश आमुन्ने सामुन्ने भएका छन्, अब के हुन्छ हेरौं,हामी उनीहरुलाई सहयोग गर्ने प्रयासमा छौं ।’

भारत र चीनको सीमा क्षेत्र लद्दाखमा गत सोमबार राति भएको हिंसामा भारतका वरिष्ठ सैन्य अधिकारीसहित २० भारतीय सैनिकको मृत्यु भएको थियो । भारतले चीनियाँ सैनिक पनि हताहत भएको बताएको थियो तर चीनले भने त्यसबारे आधिकारिक जानकारी दिएको छैन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त विवादबारे आफूले गत महिना नै मध्यस्थता गर्न तत्पर रहेको सामाजिक सञ्जालमार्फत बताएका थिए ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘हामीले भारत चिन बीच जारी सीमा विवादबारे मध्यस्थता गरिदिन तयर, इच्छुक र सक्षम भएको जानकारी दिएका छौं, धन्यवाद । ’

राष्ट्रपति ट्रम्पले उक्त विवादले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मनोदशा ठीक नभएको बताएका थिए ।

राष्ट्रपति ट्रम्पले गरेको प्रस्तावलाई भारत र चीन दुवैदेशले अस्वीकार गरेका थिए ।

अमरिकाले उक्त दुई देशको सीमा विवादप्रति चासो राख्दै आएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भारतीय सैनिकको मृतयु प्रति समवेदना प्रकट गरेका थिए । बीबीसी