कविता « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

कविता


६ असार २०७७, शनिबार


अर्कैको आँँगनीमा फुलेको
तिमी मेरो पुष्पगुच्छा…
रहर छैन तिमिलाई टपक्क टिपेर
आफुसङगै राख्ने
म खुशी छु तिम्रो सुन्दरता देखेर
तिम्रो मगमगाउने सुवासले
तरंगित म हुन्छु
तिमी टाढै भएपनी,नजिक बाट तिमीलाई
महसुस म गर्न सक्छु
अरु कसैको बगैचाको शोभा तिमी
सधैं यस्तै सुशोभित भएको
देख्ने चाहना छ
म चाहन्न तिमीलाई टपक्क टिपेर
त्यति सुन्दर बगैंचालाई कुरुप पारूँ
चन्चल समीर पवनले तिमीलाई छुँँदा
म डराउछु…अस्थिर भैइ
कतै तिमी झर्ने पो हौ कि भनी
तिम्रो नजिक आई
तिमीलाई छुन नखोजेको कहाँ हो र
तर म डराउछु…बेदाग तिमीमा
कुनै दाग लाग्ने पो हो कि भनी
म चाहन्न मेरो कारणले
तिम्रो सुन्दरतामा कुनै कमि आओस्
तिम्रो सुवासमा कुनै नराम्रो दुर्गन्ध फैलिओस
बेदाग तिमीमा कुनै नराम्रो दाग लागोस
त्यसैले त…..
अर्कैको आगनिमा फुलेको
तिमी मेरो पुष्पगुच्छा
तिमीलाई टाढैबाट हेरेर
म तृप्ती लिन्छु सदा..
नछोएरै तिमीलाई अन्तरहृदयमा
म महसुस गर्छु सदा…।।

प्रतिक्रिया दिनुहोस