विधेयक स्वीकृत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विधेयक स्वीकृत


५ असार २०७७, शुक्रबार


काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ठगेन्द्रप्रकाश पुरी र नेपाली कांग्रेसका प्रकाश पन्थले विधेयकको सैद्धान्तिक छलफलमा भाग लिएका थिए ।

यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त नेपालको संविधान(दोस्रो संशोधन) विधेयक, २०७७ प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस