स्टाफ कलेजको कार्यकारी निर्देशकमा पूर्वसचिव खनाल नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्टाफ कलेजको कार्यकारी निर्देशकमा पूर्वसचिव खनाल नियुक्त


३ असार २०७७, बुधबार


काठमाडौ । सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान(स्टाफ कलेज)को कार्यकारी निर्देशकमा पुर्वसचिव राजन खनाललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई स्टाफ कलेजको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

वर्तमान कार्यकारी निर्देशक पुण्य न्यौपानेको कार्यकाल सकिएलगत्तै खनाललाई पाँच वर्षको लागि स्टाफ कलेजको कार्यकारी निर्देशकमा नियुक्त गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

खनाल केहि समय अघि मात्रै अर्थ सचिव बाट सेवानिवृत्त भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस