निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन असोज २४ गते, म्याद थप « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन असोज २४ गते, म्याद थप


३ असार २०७७, बुधबार


काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन असोज २४ लाई तोकिएको छ ।

श्रम तथा व्यवस्थाजन्य सुरक्षा विभागले मङ्गलवार साँझ गरेको निर्णय अनुसार युनियनको निर्वाचन २०७७ असोज २४ गते हुने छ ।

 

त्यसै गरी निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको म्याद थप भएको छ । कोभिड १९ का कारण विशेष परिस्थिति सिर्जना भई समयमा निर्वाचन गर्न नसकिएको भन्दै विभागले जेठ १९ गतेदेखि असोज २४ गतेसम्म युनियनको पदावधि थप गर्ने निर्णय गरेको छ ।

मङ्गलवारको मितिमा निर्वाचन घोषणा गरेको विभागले आज बुधवार म्याद थप्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस