काठमाडौं । क्यान्सर रोगका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ ।
३९ वर्षीय अध्यक्ष शेर्पाको ३९ वर्षकै उमेरमा क्यान्सरका कारण मंगलबार निधन भएको हो ।
शेर्पा काठमाडौंस्थित ह्याम्स र निदान अस्पतालमा क्यान्सरको उपचार गराइरहेका थिए । उनी आन्द्रको क्यान्सरबाट पीडित थिए । पछिल्लो पटक क्यान्सपीडित शेर्पाको अवस्थामा सुधार नभएपछि अस्पतालबाट चिकित्सकको सल्लाहमा घर फर्काइएको थियो ।
उपचारका लागि भर्ना भएपछि एक महिनाअघि शेर्पाले आफ्नो जिम्मेवारी गाउँपालिका उपाध्यक्ष टसील्हामु शेर्पालाई सुम्पिएका थिए ।