संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित


३१ जेष्ठ २०७७, शनिबार


काठमाडौँ । नेपालको संविधान(दोस्रो) संशोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ ।

शनिवार(आज) प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पेस गरेको नेपालको संविधान(दोस्रो) संशोधन विधेयक २०७७ सर्वसम्मतिले पारित गरेको हो ।

सभामा उपस्थित २५८ जनाले मतदान गरेकोमा सबै मत संशोधनको पक्षमा खसेको छ ।

संसद्मा प्रतिनिधित्व गर्ने नेकपा, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, राजपा, सङ्घीय समाजवादी पार्टी, नेमकिपा र राष्ट्रिय जनमोर्चाले संविधान संशोधनको पक्षमा मतदान गरेका हुन् । नयाँ नक्सा जारी भएसँगै संविधानको अनुसूची ३ मा रहेको निशान छापमा रहेको नेपालको नक्सा अद्यावधिक भएकाले संविधान संशोधन गरिएको हो ।

७ जेठको मन्त्रिपरिषद्ले पारित गरेको नेपालको नयाँ नक्सा ९ जेठमा सार्वजनिक गरिएको थियो । नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस