सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत


३१ जेष्ठ २०७७, शनिबार


काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुखले अस्वीकृत भएको छ ।

शनिबार बसेको संसद बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् । तर सभामुख अग्नि प्रसाद सापकोटाले उनको संशोधनलाई आफूले अस्वीकृत गरेको जानकारी दिए ।

सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको नियम ११२ अनुसार नभएकाले आफूले संशोधन अस्वीकृत गरेको बताए । नियम ११२ मा कुनै पनि विधेयकमा संशोधन दर्ता गराउन ‘विधेयकमा निहित सिद्धान्तको विपरीत हुन नहुने र अस्पष्ट वा निरर्थक हुन नहुने’ उल्लेख गरिएको छ ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा अनुसार नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएको थियो । समाजवादी पार्टीकी सांसद गिरीले मात्र संशोधन दर्ता गरेकी थिइन् ।

सांसद गिरीको संसोधन प्स्ताव पनि समाजवादी पार्टीले उनलाई संशोधन फिर्ता लिन निर्देशन दिएको थियो । समाजवादीपार्टीले नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकको पक्षमा मत दिन पार्टीका सांसदहरूलाई हृविप जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस