गज्जब गोदावरी ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गज्जब गोदावरी !


३१ जेष्ठ २०७७, शनिबार


काठमाडौँ । लकडाउनले पृथ्वी शान्त छ । वनस्पतिहरू निश्फिक्रिरुपमा मौलाउन पाएका छन् । जीवजन्तुहरू निर्धक्कसँग घुमफिर गर्न सकेका छन् । वातावरणमा स्वच्छता छाएको छ ।

कङ्क्रिटै कङ्क्रिटको सहरी जङ्गलले पनि कोलाहल, धुलो, धुवाँलगायतका सबै खाले बाहिरी प्रदूषणबाट छुटकारा पाएको छ । प्रदुषित सहरहरूमा स्वच्छ हावा वहन थालेको छ ।

बगैँचा तथा उद्यानहरूको त रौनकै फेरिएको छ । अरू बेलामासमेत शान्त, सौम्य र हरियालीयुक्त रहने ललितपुरस्थित गोदावरी राष्ट्रिय उद्यान यो समयमा अझ बढी आकर्षक देखिएको छ । उद्यानमा रहेका सयौँ थरी जडीबुटी तथा वनस्पतिहरू त फस्टाएका छन् नै, यहाँ स्थित खोल्सा तथा खोलाहरूमा बग्ने पानीको आवाज अझ तिख्खर भएको छ, चराचुरुङ्गीको चिरविराहटमा पुतलीहरू मस्त नाचिरहेका छन् ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस