घोराहीमा कोरोनाका लागि रु ८३ लाख खर्च « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

घोराहीमा कोरोनाका लागि रु ८३ लाख खर्च


३१ जेष्ठ २०७७, शनिबार


नारायणपुर । घोराही उपमहानगरपालिकाले कोरोना व्यवस्थापनका लागि रु ८३ लाख बरराबरको बजेट खर्च गरेको छ । क्वारेन्टिन व्यवस्थापन, कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामग्री खरीद र सीमामा अलपत्र नागरिकलाई घोराहीसम्म ल्याउनका लागि रु ८३ लाख ४८ हजार ७०५ खर्च भएको उपमहानगरपालिकाले जनाएको छ ।

कोरोना राहत कोषमा उपमहानगरपालिकासँगै कर्मचारी, शिक्षक, जनप्रतिनिधिलगायतको रु ६६ लाख पाँच हजार ९११ जम्मा भएको थियो । बन्दाबन्दीका समयमा आर्थिक रुपमा विपन्न पाँच हजार ५४८ परिवारलाई गत वैशाख १५ गतेसम्म रु १८ लाख १७ हजार मूल्यको खाद्य सामग्री सहयोग गरिएको उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख उमेश शर्माले जानकारी दिए ।

उपमहानगरपालिकाले क्वारेन्टिन व्यवस्थापनमा रु २७ लाखभन्दा बढी खर्च गरेको छ । विदेशबाट आउने नागरिकसँगै देशभित्रका विभिन्न स्थानबाट आउनेलाई राख्नका लागि १९ वटा वडाका ८५ स्थानमा क्वारेन्टिन निर्माणका लागि रु २७ लाख ६ हजार ४१२ खर्च गरिएको छ । पचासी स्थानमा तीन हजार ४१६ शय्या क्षमता रहेको क्वारेन्टिन निर्माण, आवश्यक फर्निचर र कपडालगायत सामग्री खरदमा उक्त रकम खर्च भएको उपमहानगरपालिका, आन्तरिक व्यवस्थापन शाखाका प्रमुख बाबुराम पन्थीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस