प्रदेश लोक सेवा आयोग ऐन विधेयक पारित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश लोक सेवा आयोग ऐन विधेयक पारित


३० जेष्ठ २०७७, शुक्रबार


सुर्खेत । कर्णाली प्रदेशसभाबाट ‘प्रदेश लोक सेवा आयोग ऐन, २०७५’ लाई पहिलो संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ ।

प्रदेशसभाको छैटौँ अधिवेशनको आज बसेको ११औँ बैठकमा सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले ‘प्रदेश लोक सेवा आयोग ऐन, २०७५’ लाई पहिलो संशोधन गर्न बनेको विधेयकसम्बन्धी प्रस्ताव राखेका थिए ।

उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य हिमबहादुर शाहीले कुनै चरण नै पार नगरी पहिलो संशोधन विधेयक ल्याउनु सरकारको अपरिपक्वता भएको आरोप लगाए । प्रदेशसभा सदस्य धर्मराज रेग्मीले प्राविधिक त्रुटि हटाउन पनि विधेयकमा संशोधन आउन जरुरी थियो भने ।

त्यसैगरी आजको प्रदेशसभा बैठकमा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले ‘प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७’ र ‘कर्णाली प्रदेश व्यापार व्यवसायको दर्ता तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७’ टेबुल गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस