सरकारविरुद्ध बालुवाटारमा प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारविरुद्ध बालुवाटारमा प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार


२९ जेष्ठ २०७७, बिहिबार


काठमाडौँ । बालुवाटारमा सरकार विरोधि प्रदर्शन भएको छ । युवाहरुले सरकारी रवैयाको विरोधमा बालुवाटार र नक्साल क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेका छन्। प्रहरीले प्रदर्शनमा उत्रिएका युवाहरुलाई पानीको फोहोरा र अश्रुग्यास प्रहार गरी तितरवितर बनाउन खोजेको बताइएको छ । ४–५ राउन्ड अश्रुग्यास पनि हानिएको एक प्रदर्शनकारीले बताएका छन् ।

कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन गरिएको छ ।

यस्तै करमा जथाभावी गरिएको तथा महामारीसँग जुध्न सरकारले सही र पर्याप्त प्रयास नगरेको भन्दै युवाहरुले प्रधानमन्त्री निवास बालुवाटार नजिक प्रदर्शन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस