बजार खोल्ने र जोरबिजोर प्रणालीमा गाडी चल्न दिने मन्त्रिपरिषद्को निर्णय « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बजार खोल्ने र जोरबिजोर प्रणालीमा गाडी चल्न दिने मन्त्रिपरिषद्को निर्णय


२८ जेष्ठ २०७७, बुधबार


काठमाडौँ । सरकारले लकडाउनको मोडालिटि परिवर्तन गरेको छ ।

बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै कोरोनाको अवस्था सामान्य भएका ठाउँमा जोरबिजोर प्रणालीमा गाडी चल्न दिने निर्णयसमेत गरेको छ ।

एक मन्त्रीका अनुसार सुरक्षाका मापदण्ड अपनाएर पसल खोल्न दिने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ।

सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो। त्यसपछि फेरि दोस्रो पटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै वैशाख २५ र त्यसपछि जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो।

त्यसपछि सरकारले एकै पटक १५ दिन लकडाउन थपेर जेठ २० गतेसम्म लम्बाएको थियो। कोरोना सङ्क्रमणको जोखिम बढ्दो रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई लम्ब्याउन उच्च स्तरीय समितिले सिफारिस गरे अनुसार सरकारले अन्तिम पटक जेठ ३२ गतेसम्म लकडाउनको समय थप गरेको हो। लकडाउन लम्बिएपछि सरकारले मोडालिटी परिवर्तनको निर्णय लिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस