एसइईबारे आज निर्णय हुँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एसइईबारे आज निर्णय हुँदै


२८ जेष्ठ २०७७, बुधबार


काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा(एसइई) बारे आज निर्णय गर्दैछ ।

बुधबार(आज) अपरान्हदेखि बसिरहेको मन्त्रिपरिषद् बैठकले एसइई परीक्षा संचालन गर्ने र या नगर्ने भन्ने बारे ठोस निर्णय सार्वजनिक गर्ने उच्च स्रोतले प्रशासनलाई बताएको छ ।

‘शिक्षा मन्त्रालयबाट विभिन्न मोडेलहरुसहित प्रस्ताव गएको छ’ ति स्रोतले भने, ‘त्यसमध्ये सम्बन्धित विद्यालयले नै परीक्षा संचालन गर्ने भन्ने मोडलमा निर्णय हुने सम्भावना बढी छ ।’

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा-एसइई_ हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको छ।

सरकारले कोरोना जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा कक्षा १०(एसइई) र कक्षा ११, १२ का परीक्षालाई स्थिति सहज भएपछि सञ्चालन गर्ने भन्दै स्थगित गरेको थियो ।

कक्षा १० को एसइई परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो। बोर्डले गत चैत ८ गतेदेखि हुने कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पनि बन्दाबन्दीका कारण स्थगन गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस