थप २७९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ‍‍४,३६४ पुग्यो « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

थप २७९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ‍‍४,३६४ पुग्यो


२८ जेष्ठ २०७७, बुधबार


काठमाडौं । बुधबार थप २७९ जनामा कोराना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार २७९ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४३६४ पुगेको छ।

कोरोनाकै कारण १५ जनाको मृत्यु भइसकेको मन्त्रालयले जानकारी दिएको छ। ६ सय ७४ जना कोरोना बाट मुक्ति पाएका छन् । बुधबार मात्रै ९० जना डिस्चार्ज भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस