खटाएको काममा नजाने चिकित्सकलाई ७ दिने अल्टिमेटम, करार सम्झौता रद्द गर्ने चेतावनी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खटाएको काममा नजाने चिकित्सकलाई ७ दिने अल्टिमेटम, करार सम्झौता रद्द गर्ने चेतावनी


२८ जेष्ठ २०७७, बुधबार


बुटवल । प्रदेश नम्बर ५ को सामाजिक मन्त्रालयले खटाएको ठाउँमा काममा नजाने एक चिकित्सकलाई ७ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन अल्टिमेटम दिएको छ । कोरोना भाइरस कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारको लागि चिकित्सकले थप जिम्मेवार हुनुपर्नेमा पठाएको ठाउँमा नजानुको कारणसहित मन्त्रालयले उपस्थित हुन अल्टिमेटम जारी गरेको हो ।

मेडिकल अधिकृत डा. सीमा शर्मालाई रुपन्देहीको शुद्धोदन गाउँपालिकाको मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा खटाइएकोमा कुनै पनि जानकारी नदिई दुई महिनासम्म काममा नगएको सूचना पाएपछि मन्त्रालयले ७ दिनभित्र जवाफसहित उपस्थित हुन सूचनामार्फत भनेको छ ।

मन्त्रालयले जारी गरेको सूचनामा कोरोना महामारीको सङ्कटको घडीमा यसको रोकथाम, नियन्त्रण र उपचारमा थप जिम्मेवार भएर खटिनुपर्नेमा डा. शर्मा चैत १८ गतेदेखि हालसम्म विना जानकारी अनुपस्थित भएको उल्लेख गरिएको छ ।

सरकारबाट छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका २०७१ को दफा २० को उपदफा (५) बमोजिम डा. शर्मासँग गरिएको करार सम्झौता रद्द गर्न स्वास्थ्य सेवा विभाग पठाउने ब्यहोरा मन्त्रालयको प्रशासन तथा योजना महाशाखाको पत्रमा उल्लेख गरिएको छ ।

यस्तो छ पत्र :

 

Tags :
प्रतिक्रिया दिनुहोस