प्रधानमन्त्री ओली संसदमा सम्बोधन गर्दै « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री ओली संसदमा सम्बोधन गर्दै


२८ जेष्ठ २०७७, बुधबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै छन् । बुधवार(आज) बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उनले सांसदहरूले उठाएका विषयहरूलाई समेटेर सम्बोधन गर्नेछन् ।

संसद् सचिवालयको बुधवारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख छ ।

साथै संसद्मा विनियोजन विधेयक २०७७ अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकहरूमा २६ जना सांसदहरूले राखेको खर्च कटौतीको प्रस्तावसमेत निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

Tags :
प्रतिक्रिया दिनुहोस