धादिङका आज मात्रै १६ जनामा कोरोना सङ्क्रमण « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

धादिङका आज मात्रै १६ जनामा कोरोना सङ्क्रमण


२६ जेष्ठ २०७७, सोमबार


धादिङ । धादिङमा कोरोना भाइरस सङ्क्रमितको सख्या २२ पुगेको छ ।

सोमबार एकै दिन १६ जना सङ्क्रमित थपिएसँगै धादिङमा कोरोना सङ्क्रमितको सङ्ख्या २२ पुगेको हो ।

भारतबाट रोजगारी गरेर घर फर्किएर नीलकण्ठ नगरपालिकाको क्वारेनटाइन बसिरहेका १६ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए ।

आज थपिएका १६ जना मध्ये धादिङको नीलकण्ठ नगरपालिका वडा नं १ का १७ वर्षका पुरुष, वडा नं २ का २२ वर्षका पुरुष, वडा नं ३ का ४० वर्षका पुरुष, वडा नं ५ का ३० र ३५ वर्षका पुरुष, वडा नं ११ का ४२ र ५५ वर्षका पुरुष, वडा नं १४ का १४, २३, ३५, ४५, ५० वर्षका पुरुषहरू तथा २१, २७, ३६ वर्षका महिला र २० महिनाको बालिका रहेको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले बताए ।

आज १६ जना थपिएकामा १२ जना पुरुष र ४ जना महिला रहेका छन् ।

यसअघि, नीलकण्ठ नगरपालिकाले निर्माण गरेको क्वारेनटाइनमा बस्दै आएका नीलकण्ठ–७ का ३३ वर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यस्तै धुनिवेशी नगरपालिका वडा नंं.३ छत्रेपाटी महेशफाँटकी २३ वर्षिया एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको अहिले काठमाडौँ सतुंगल स्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै सिद्ध लेक ५ कुम्पुरकी २३ वर्षीय गर्भवती महिलाको कोरोना सङ्क्रमित गर्भवती महिलाको पनि उपचार भइरहेको छ । यसअघि नेत्रावती डबजोङ गाउँपालिकाको ३२ वर्षीय पुरुष, गल्छी गाउँपालिकाकी ३० वर्षीया महिला महिला र थाँक्रेका ४० वर्षीय कोरोना सङ्क्रमित एक जना पुरुष निको भएर घर फर्किसकेका छन्

Tags :
प्रतिक्रिया दिनुहोस