नेपालमा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३७६२ पुग्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपालमा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३७६२ पुग्यो


२६ जेष्ठ २०७७, सोमबार


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम

काठमाडौँ । नेपालमा थप तीन सय १४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन सय १४ जना नयाँ सङ्क्रमित थपिएको जानकारी गराए ।

प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् ।

यससँगै अव नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस