गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मृत भेटिए « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मृत भेटिए


२६ जेष्ठ २०७७, सोमबार


स्याङजा । गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लीलाबल्लब भण्डारी मृत भेटिएका छन् । उनी आइतबार साझ घरनजिकैको बारीमा रहेको राङ्सिङको रुखमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । ४६ वर्षीय भण्डारी रुखमा झुण्डिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसारा भण्डारी आफ्नो घरभन्दा ५ सय मिटर परको बारीमा रहेको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनको शव स्थानीय ग्रहौं प्राथमिक अस्पताल वालिङमा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ । रिपोर्ट आएको छैन।

घटनाबारे अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक निरन्जन घिमिरेले जानकारी दिए ।

भण्डारी गत वर्षदेखि गल्याङ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखमा रही सेवा गर्दै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस