जसपाको नेतृत्वमा जुट्यो सहमति, पार्टी दर्ताका लागि आयोग जाने तयारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जसपाको नेतृत्वमा जुट्यो सहमति, पार्टी दर्ताका लागि आयोग जाने तयारी


२५ जेष्ठ २०७७, आइतबार


काठमााडौं । जनता समाजवादी पार्टी (जसपा)को नेतृत्वमा सहमति जुटेको छ । सहमतिसँगै एकीकृत पार्टीको संघीय परिषद्को अध्यक्षमा बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्षमा महन्त ठाकुर र उपेन्द्र यादव रहने गरी सहमति जुटेको हो ।

उक्त सहमतिसँगै अब जसपा पार्टी दर्ताका लागि आयोग जाने तयारी भइरहेको छ ।

जसपामा ठाकुर पहिलो वरियता, डा. भट्टराई दोस्रो, उपेन्द्र यादव तेस्रो, अशोक राई र राजेन्द्र महतो क्रमशः चौथो र पाँचौ हुने सहमति भएको छ । राई र महतो वरिष्ठ नेता रहने छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी बनेको हो । राजपा र समाजवादी पार्टीले वैशाख १० गतृ एकताका लागि सैद्धान्तिक सहमति गरेका थिए । तयस लगत्तै ११ गते दल दर्ताका लागि आयोग पुगेर निवेदन दिएका थिए ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दुई पार्टीबीच एकता गर्ने घोषणा गरेको ४५ दिनभित्र दलको विधान, पार्टी नेतृत्व, पार्टी एकता गर्न गरिएको सहमति, दुवै पक्षका केन्द्रीय सदस्यको हस्ताक्षर, संयुक्त बैठकको निर्णय बुझाउनु पर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस