डोटीमा क्वारेन्टिनमा एक जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डोटीमा क्वारेन्टिनमा एक जनाको मृत्यु


२५ जेष्ठ २०७७, आइतबार


डोटी । डोटीमा क्वारेन्टिन भित्र बस्दै आएका एक जनाको गए राति मृत्यु भएको छ ।

जिल्लाको के आई सिंह गाउँपालिका वडा नम्बर ३ मा रहेको सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिन भित्र बस्दै आएका १९ वर्षीय युवकको राति ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिएका छन् ।

के आई सिंह गाउँपालिका ३ का स्थानीय समेत रहेका उनी १९ गते भारतको लुधियनाबाट डोटी आई पुगेका थिए । उनी एक दिन राजपुरमा रहेको सहिद स्मृति आवासीय माध्यामीक विद्यालयको क्वारेन्टिनमा बस्दै २० गते देखि मात्र सोही क्वारेन्टाइनमा बस्दै आएका थिए ।

सोही क्वारेन्टिनमा उनी सँगै अन्य ६ जना पुरुष र ३ जना महिला पनि सँगै बस्दै आई रहेका समेत प्रहरीले जनाएको छ । मृतका बुवा पनि हिजो मात्र आफ्ना छोरालाई भेट्न गएका उनलाई पनि क्वारेन्टिन भित्र राखिएको छ ।

मृतको स्वाब सङ्कलनको लागि जिल्ला बाट क्वारेन्टिन स्थलतर्फ टोली गईसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने आज नै स्वाब सङ्कलन धनगढी पठाउँछौ आज नै रिपोट आउने समेत प्रमुख मलासीले बताए ।

टिपोटको आधारमा मात्र दाहसंस्कारको कार्य अगाडी बढाइने प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस