भक्तपुरमा सुत्केरीमा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भक्तपुरमा सुत्केरीमा कोरोना संक्रमण पुष्टि


२४ जेष्ठ २०७७, शनिबार


 

काठमाडौँ । भक्तपुर कमल विनायकमा डेरा गरी बस्ने सुत्केरीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको नियमित व्रिफिङमा भक्तपुरकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएको थियो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संक्रमित महिला सुत्केरी भएको पुष्टि गरे ।

कमल विनायकमा डेरा गरी बस्ने उनको मध्यपुर अस्पतालमा जेठ २१ गते सिजरिङ डेलिभरी गरिएको थियो । उनी हाल कोटेश्वरमा आफन्तसँगै बस्दै आएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस