२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेरो संस्कार

कविता

अ+ अ-

जति तितो भए पनि
आफ्नै मीठो हुनुपर्ने
जति तल भए पनि
आफै माथि हुनुपर्ने, मेरो संस्कार ।

उपल्लामा आफ्नै मान्छे
राम्रा होइन हाम्रा मान्छे
अयोग्य नि योग्य देखाई
दाम, नाम, शान आफ्नै हुनुपर्ने, मेरो संस्कार ।

विज्ञले जेसुकै भनोस्
आफैँ विज्ञ हुनुपर्ने
आफू कति नजाने पनि
आफै जान्ने हुनुपर्ने, मेरो संस्कार ।

काम गर्ने मान्छे होइन
दाम छर्ने मान्छे चाहिने
सादा, कर्तव्यनिष्ठ होइन
खुरापाति जान्ने चाहिने, मेरो संस्कार ।

हतियार बोकी सुरक्षा होइन
ठेक्कापट्टा व्यवसाय चाहिने
हिसाबकिताब जतै जाओस्
देशलाई घाटा भए होस्, मेरो संस्कार ।

सत्य हो कि असत्य झुट
वास्तविकता थाहा छैन
मैले बोले सत्य भयो
अरूले बोले जेपनि झुट, मेरो संस्कार ।

आफ्नो दुःख उच्चो पहाड
अरूको दुःख तिलमुनि
हाँसो आफ्नो समेटिओस्
बाँकी अरू जेसुकै होस्, मेरो संस्कार ।

आफू माथि उक्लिनलाई
अरूलाई तल झार्नै पर्ने
कदम बढाई जित्ने होइन
खुट्टै काटी पछि पार्ने, मेरो संस्कार ।

घाम छेकी किरण खोज्ने
हावा छेकी अक्सिजन खोज्ने
बाटो छेकी राजमार्ग खोज्ने
अनि, आगो निभाई राप खोज्ने, मेरो संस्कार ।

त्यसैले,
ममत्वले देशको अस्मिता
तीरको टुप्पो पुगिसक्यो
छिमेकका दाजुभाइले
आलीनाली काटिसके, फेरौँ संस्कार ।

जाग युवा अबेर भो
देशको रक्षा तिम्रै हात भो
मपाइत्व सबै त्यागी
हामी, हाम्रो भाव जोडौँ, फेरौँ संस्कार ।