‘कर्मचारीकै मनोबल खस्किए बजेट कार्यान्वयन सफल हुन सक्दैन’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘कर्मचारीकै मनोबल खस्किए बजेट कार्यान्वयन सफल हुन सक्दैन’


२४ जेष्ठ २०७७, शनिबार


काठमाडौँ । प्रतिनिधिसभा सदस्य विमल प्रसाद श्रीवास्तवले कर्मचारीको भत्ता कटौती गर्दैमा बजेटले पूर्णता नपाउने बताएका छन् । शनिवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बजेट कार्यान्वयन गर्ने कर्मचारीकै मनोबल खस्किएमा बजेट कार्यान्वयन सफलतापूर्वक सम्पन्न हुन नसक्ने बताएका हुन् ।

‘बजेट कार्यान्वयन गर्ने पनि ती कर्मचारी नै हुन् । तिनीहरूको मनोबल खस्क्यो भने यी कार्यक्रम सफलता पूर्वक कार्यान्वयन हुन सक्दैन । त्यसैले अन्य व्यवस्था के गर्दाखेरी हुन्छ । यहाँ त उल्टो सिस्टम छ,’ उनले भने,‘कर्मचारीको तलब बढ्यो भने सारा जनप्रतिनिधिदेखि लिएर संवैधानिक प्रमुख सम्मको तलब बढ्ने । अब कर्मचारीको भत्ता कट्यो खोइ त सबै माथिदेखि तलसम्मको भत्ता कटेको ?’

उनले थपे,‘त्यस कारण कर्मचारीको मनोबल उच्च गर्नको निमित्त भत्ता नदिनुस् तर कमसेकम रासन कार्डको व्यवस्था गरेर सुविधाजनक सहुलियतमा सबै कर्मचारीलाई रासनको व्यवस्था गरियो भने उनीहरूलाई सुविधा हुन्छ । मौका आयो कर्मचारीको काटिहालौँ । त्यसमा ध्यान जावस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस