सेती लोकमार्गमा बजेट घटेर आयो चाँडो सच्याइयोस् : सांसद बोगटी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सेती लोकमार्गमा बजेट घटेर आयो चाँडो सच्याइयोस् : सांसद बोगटी


२४ जेष्ठ २०७७, शनिबार


काठमाडौं । सांसद यज्ञबहादुर बोगटीले सेती लोकमार्गको बजेट घटेर आएकोमा आपत्ति जनाउँदै त्यसलाई पुनर्विचार गर्न आग्रह गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बोगटीले गत वर्षको भन्दा यो वर्ष मुख्य प्राथमिकतामा रहेको महत्वपूर्ण सेती लोकमार्गमा बजेट घटेको बताएका हुन् ।

सांसद बोगटीले भने, ‘सेती लोकमार्गमा आज बजेट घटेर ३१ करोडमात्रै आएको छ । गत वर्ष ४३ करोड थियो ।’

उनले दुरीका आधारमा सडकको बजेट विवियोजन गर्न पनि आग्रह गरे । ‘रणनैतिक सडकको बजेट विनियोजन र वितरण गर्दा १०२ किलोमिटर भएको सडकलाई पनि २ करोड र २० किलोमिटर भएको सडकलाई पनि २ करोडले अन्यायपूर्ण हुन्छ’,उनले भने,‘दूरीका आधारमा रणनैतिक सडकमा बजेट विनियोजन गरियोस् ।’

सांसद बोगटीले सहरी विकास अन्तर्गत अछाम जिल्ला विकास सडकनिर्माणमा पछाडि परेको भन्दै आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणको कुनैपनि कार्यक्रम नपरेको बाताए । उनले भने, ‘सहरी विकास अन्तर्गत मेरो जिल्ला सुख्खा छ, मेरो निर्वाचन क्षेत्रमा कुनै पनि विकास निर्माणका कार्यक्रम छैनन ।’

उनले ग्रामीण क्षेत्रलाई विकास गर्न सकिएन भने नेपाल समृद्ध हुन नसक्ने बताए । उनले सन्तुलित विकासको लागि प्रत्येक निर्वाचन क्षेत्रमा एउटा सहर निर्माण गर्ने अवधारणा सरकारले लिनु पर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस