लकडाउन खुकुलो बनाउने विषयमा कार्य योजना बनाउन उच्चस्तरीय समितिलाई निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लकडाउन खुकुलो बनाउने विषयमा कार्य योजना बनाउन उच्चस्तरीय समितिलाई निर्देशन


२२ जेष्ठ २०७७, बिहिबार


काठमाडौँ । मन्त्रिपरिषद् बैठकमा लकडाउनलाई खुकुलो बनाउने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार रातिसम्म चलेको बैठकमा लकडाउन खुकुलो बनाउने विषयमा छलफल भए पनि ठोस निर्णय भने हुन बाँकी रहेको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार लकडाउन खुकुलो कसरी गर्ने भन्ने विषयमा कार्य योजना बनाउन उच्चस्तरीय समितिलाई जिम्मेवारी दिइएको छ। समितिले बनाएको कार्य योजनाका आधारमा मन्त्रिपरिषद्ले थप निर्णय गर्ने ती मन्त्रीको भनाइ छ ।

सरकारले गत चैत ११ गतेबाट लागू हुनेगरी घोषणा गरेको लकडाउन पटक पटक थप्दै आएको छ। पछिल्लो समय जेठ ३२ गतेसम्मका लागि लकडाउन ताेकिएकाे छ।

Tags :
प्रतिक्रिया दिनुहोस