उपत्यकाका तीन जिल्लाका सिडिओहरुको बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपत्यकाका तीन जिल्लाका सिडिओहरुको बैठक बस्दै


२२ जेष्ठ २०७७, बिहिबार


काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका सिडिओ हरुले संयुक्त बैठक बोलाएका छन् । व्यापारीहरुले एकतर्फी निर्णय गरी बिहीबार बिहानदेखि सम्पूर्ण पसलहरु खोलेपछि तीनवटै जिल्लाका जिल्ला अधिकारीहरुले संयुक्त बैठका बोलाएका हुन् ।

बैठक ११ बजे बोलाइएको हो । बैठक व्यापारीहरुले गरेको निर्णयकै विषयमा केन्द्रित रही लकडाउन कसरी अघि बढाउने भन्ने बारेमा छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् ।

उनले एकतर्फी निर्णय गरेर पसल खुला गरेका व्यापारीहरुलाई पनि वार्तामा बोलाइसकेको बताएका छन् । उनले दुई महिनाभन्दा बढी समयसम्म भएको लकडाउनलाई पूर्णपालना गरेको र अब अर्को निर्णय नहुञ्जेलसम्म पसलहरु बन्द गर्न आग्रह गरेको समेत बताए ।

नेपाल राष्ट्रिय व्यावसायी महासंघको आह्वानमा बिहीबार विहान सबै प्रकारका पसलहरु खुला भएका छन् । महासंघका अध्यक्ष नरेश कटुवालले पनि सरकारका तर्फबाट सीडीओले वार्ताका लागि बोलाएको जानकारी दिएका छन् ।

अब व्ययवपारीहरु भने पसल बन्द गर्ने पक्षमा देखिएका छैनन् । वार्ता पछि केहि निचोड निस्किनेमा आफू ढुक्क रहेको पनि महासंघका अध्यक्ष कटुवालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस