डोटीमा क्वारेन्टिनभित्रै दुई महिलाले जन्माए बच्चा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

डोटीमा क्वारेन्टिनभित्रै दुई महिलाले जन्माए बच्चा


२२ जेष्ठ २०७७, बिहिबार


डोटी । क्वारेन्टिन भित्र बसेका दुई जना महिलाले बच्चा जन्माएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं २ को देवी माध्यमिक विद्यालय खातिवडाको क्वारेन्टिनमा रहेकी २१ वर्षिया गीता आउजी र शिखर नगरपालिका वडा नं ३ को भवानी आधारभुत विद्यालय खन्याडी छडिमाण्डौको क्वारेन्टाइनमा रहेकी २५ वर्षिया पुजा सार्की दुबैले छोरा जन्माएका छन् ।

गीता आउजीले बुधबार राती १ बजेर ४४ मिनेट जाँदा क्वारेन्टाइनभित्रै छोरा जन्माएको वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए । उनी सो गरपालिकाको वडा नं २ खुल्लेकका स्थायी बासिन्दा हुन् । कामको शिलशिलामा भारतको राजस्थान बस्दै आएकी गीता आउजी कोरोना महामारीका कारण यहि जेठ १२ गते डोटी फर्केकी थिइन् । भारतबाट आएका ७४ जनाको टोलीसँगै उनका श्रीमान् अमर आउजी पनि सँगै क्वारेन्टिन मा नै छन् । सकुशल बच्चालाई जन्म दिएको खातीवडा स्वास्थ्यचौकी प्रमूख राम बहादुर भण्डारीले बताए ।

त्यस्तै शिखर नगरपालिका वडा नं ३ नकुरालाका स्थायी बासिन्दा पुजा सार्किले पनि बिहीबार बिहान करिब साढे पाँच बजेतिर क्वारेन्टिनभित्रै छोरा जन्माएकी हुन । उनी कामको शिलशिलामा भारतको मुम्बै बान्द्रामा बस्दै आएकी महामारीको जटीलताका कारण यहि जेठ १५ गते डोटी फर्केकी थिइन् । उनका श्रीमान गगन सिंह सार्कीसँगै क्वारेन्टाइनमा रहेकी उनले पनि सकुशल रुपमा बच्चालाई जन्म दिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरीष शाहले बताए ।

दुबै महिलाले स्वास्थ्यकर्मिको सहयोग बिना आफै बच्चाको जन्मदिएका हुन अहिले दुबै महिला र बच्चाहरुको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने, ‘दुबै महिलाहरुको आरडिटी परीक्षण पश्चात रिपोर्टको आधारमा होम क्वारेन्टाईनको लागि घर पठाईने तयारी भईरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस