कोरोना रोकथाम तथा नियन्त्रणमा ९ अर्व ८७ करोड रुपैयाँ खर्च ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना रोकथाम तथा नियन्त्रणमा ९ अर्व ८७ करोड रुपैयाँ खर्च !


२१ जेष्ठ २०७७, बुधबार


काठमाडौँ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा अहिलेसम्म सरकारले करिब १० अर्व रुपैयाँ खर्च भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले बताएका छन् । कोरोना नियन्त्रणका लागि उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको बिडारीले बताएका छन् ।

बुधवार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो ।

सचिव बिडारीका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारले गरी ९ अर्व ८७ करोड रुपैयाँ खर्च गरेका हुन् । स्थानीय तहबाट भएको खर्चको पूर्ण विवरण आई नसकेको उनले बताए । कोरोना कोष र सङ्घीय सरकारबाट ६ अर्व ३ करोड, प्रदेशहरूबाट १ अर्व ८ करोड र स्थानीय तहहरूबाट २ अर्व ७६ करोड रुपैयाँ खर्च भएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस