विज्ञसँग प्रधानमन्‍त्रीको ४ घण्टा लामो छलफल सम्पन्न « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विज्ञसँग प्रधानमन्‍त्रीको ४ घण्टा लामो छलफल सम्पन्न


२१ जेष्ठ २०७७, बुधबार


काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले विभिन्न क्षेत्रका विज्ञसँग बुधवार साँझ छलफल गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल महत्वपूर्णरुपमा सम्पन्न भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

कोरोना महामारीको नियन्त्रण, रोकथाम र उपचारको सम्बन्धमा समाजका विभिन्न क्षेत्रमा क्रियाशील विशिष्ट व्यक्तित्व अर्थशास्त्री, योजनाविद्, जेण्डरविज्ञ, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविद्, नर्सहरूसँगभएको छलफल पछि ट्विट गर्दै प्रधानमन्त्री ओलीले बैठक सम्पन्न भएको जानकारी दिएका हुन् ।

‘आज मैले कोरोना महामारीको नियन्त्रण, रोकथाम र उपचारको सम्बन्धमा समाजका विभिन्न क्षेत्रमा क्रियाशील विशिष्ट व्यक्तित्वहरूसँग परामर्श गरेँ’, प्रधानमन्त्री ओलीले भने, ‘अर्थशास्त्री, योजनाविद्, जेण्डरविज्ञ, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविद्, नर्सहरूसँगको यो बैठक महत्त्वपूर्ण रूपमा सम्पन्न भयो ।’

बैठकमा विभिन्न क्षेत्रका विषय विज्ञसँगै उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल विभिन्न मन्त्रालयका सचिवलगायतको सहभागिता थियो।

Tags :
प्रतिक्रिया दिनुहोस