कोरोना नियन्त्रणमा खटिएकालाई दुर्व्यवहार गर्नेलाई पक्राउ गर्न गृहको निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोना नियन्त्रणमा खटिएकालाई दुर्व्यवहार गर्नेलाई पक्राउ गर्न गृहको निर्देशन


२१ जेष्ठ २०७७, बुधबार


काठमाडौँ । कोरोना भाइरस(कोभिड-१९) नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई दुर्व्यवहार गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

बुधवार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेलाई कारबाही गर्न निर्देशन दिइएको हो ।

परिपत्रमा महामारी नियन्त्रणको काममा अग्रपङ्क्तिमा खटिएका सबै राष्ट्र सेवकको मनोबल उच्च पार्न कार्यस्थलमा सुरक्षाको वातावरण निर्माण गर्न भनिएको छ भने सुरक्षामा विशेष चनाखो भएर अवाञ्छित, गैर कानुनी र अभद्र व्यवहार गर्नेहरूलाई तत्काल नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गर्न भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस