पाँच सहसचिवको सरुवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पाँच सहसचिवको सरुवा


२० जेष्ठ २०७७, मंगलबार


समायोजन

काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय र आयोगमा कार्यरत ५ जना सहसचिवको सरुवा गरेको छ ।

सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव चक्र बहादुर बुढालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सेमन्त दाहाललाई निर्वाचन आयोगमा सरुवा गरिएको छ ।

यसैगरि शिक्षा मन्त्रालयका सहसचिव भक्त बहादुर ढकाललाई युवा तथा खेलकुद मन्त्रालयमा, प्रदेश नं १ का सामाजिक विकास मन्त्रलायका रविलाल पन्तलाई प्रदेश नं ५को आन्तरिक मामिला मन्त्रालयमा र सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा रहेका गोविन्द बहादुर कार्कीलाई १ नंम्वर प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस