पाल्पाको आइसोलेसनमा एक पुरुषको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पाल्पाको आइसोलेसनमा एक पुरुषको मृत्यु


२० जेष्ठ २०७७, मंगलबार


पाल्पा । युनाइटेड मिसन अस्पताल तानसेनको आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ । अस्पतालमा उपचाररत पूर्वखोला गाउँपालिका १ सिलुवाका ४६ वर्षीय रामबहादुर दिशाको मृतयु भएको हो ।

श्वासप्रश्वासम्बन्धी समस्या र सुख्खा खोकी लाग्ने जस्तो कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेका दिशा मगरको मृत्यु भएको मिसन अस्पतालका प्रशासकीय प्रमुख जीवन भट्टराईले बताए ।

भट्टराईका अनुसार मृतक दिशा मगर पूर्वखोला गाउँपालिका १ सिलुवा घर भई २ जल्पाको शम्भु मावीको क्वारेन्टाइनमा बस्दै आएका थिए । दिशाको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि सोमबार मात्र मिसन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । भारतको मुम्बईबाट गाउँ आएका दिशा १८ गते क्वारेन्टाइनमा पुगेका थिए ।

मृतक दिशा मगरको सोमबार नै स्वाब संकलन गरी परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाएको र मृत्युपछि पनि पुन स्वाब संकलन गरी परीक्षणका लागि पठाएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

उनको स्वाब परीक्षणको रिर्पोट नआएकाले मृत्युको कारण एकिन भएको छैन। पाल्पामा हालसम्म ५ जनामा कोरोना संक्रमण देखिएको छ । पाल्पामा रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा २ जना र माथागढी गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण देखिएको हो ।

माथागढीका कोरोना संक्रमितको कन्ट्रयाक ट्रेसिङ गरी २३ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइसकेको छ। मृतक दिशालाई कोरोना संक्रमणको लक्षण देखिएपछि मिसन अस्पतालमा पठाएको पूर्वखोला गाउँपालिकाका स्वास्थ्य संयोजक मोहन ढकालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस