लोक सेवाको अन्तर्वार्तामा सहभागी हुन पीसीआर रिपोर्ट अनिवार्य « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लोक सेवाको अन्तर्वार्तामा सहभागी हुन पीसीआर रिपोर्ट अनिवार्य


२० जेष्ठ २०७७, मंगलबार


काठमाडौं । लोक सेवा आयोगको अन्तर्वार्तामा सहभागी हुन पीसीआर रिपोर्ट अनिवार्य बुझाउनु पर्ने भएको छ।

आयोगले मंगलबार एक सूचना सार्वजनिक गर्दै अन्तर्वार्ताको सूचीमा रहेकाले कोरोना भाइरस (कोभिड–१९) परीक्षण गराएको पीसीआर रिपोर्ट अनिवार्य देखाउनुपर्ने उल्लेख गरेको हो।

राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सोसहरका प्राविधिक र अन्य पदको परीक्षा र अन्तर्वार्तामा सहभागी हुनेले पीसीआर रिपोर्ट बुभाउनुपर्ने छ ।

उम्मेदवारले अन्तर्वार्ता अघि नै पीसीआर रिपोर्ट आयोगको अन्तवार्ता तथा सिफारिस शाखामा बुझाउनुपर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस