राष्ट्रियसभामा सरकारको वार्षिक प्रतिवेदन पेश « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राष्ट्रियसभामा सरकारको वार्षिक प्रतिवेदन पेश


२० जेष्ठ २०७७, मंगलबार


काठमाडौँ । राष्ट्रियसभामा नेपाल सरकारको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको सो वार्षिक प्रतिवेदन पेश गरेकी हुन् ।

बैठकमा तथ्याङ्क विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । उक्त प्रस्ताव प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेका थिए ।

अर्थमन्त्री डा खतिवडाले अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस