बीपी प्रतिष्ठान धरानमा उपचाररत १८ कोरोना संक्रमित निको भएर डिस्चार्ज « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बीपी प्रतिष्ठान धरानमा उपचाररत १८ कोरोना संक्रमित निको भएर डिस्चार्ज


२० जेष्ठ २०७७, मंगलबार


सुनसरी । धरानको बीपी प्रतिष्ठानमा उपचाररत केरोना संक्रमितमध्ये १८ जना निको भएर डिस्चार्ज भएका छन् । उनीहरू सोमबार राति डिस्चार्ज भएका हुन् ।

पछिल्लो दुईपटक पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि १८ जनालाई डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । डिस्चार्ज हुनेमा एक जना धरानकी महिला र बाँकी झापाका रहेको डा. सापकोटाले बताए । धरानकी महिलालाई एम्बुलेन्समा र झापाकालाई बसमा पठाइएको थियो ।

कोरोना जित्न सफल भएका उनीहरूलाई धरान उपमहानगरका प्रमुख तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर साह, सहायक निर्देशक डा. विकास साह, कोरोना फोकल पर्सन डा. इन्द्र लिम्बूलगायतले बिदाइ गरेका थिए ।

प्रतिष्ठानको आइसोलेसनमा अब बाँकी ८० जना कोरोना संक्रमित उपचाररत रहेकोमा उनीहरूको अवस्था पनि सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस