इजरायलको प्रधानमन्त्री कार्यालयका कर्मचारीमा कोरोना पुष्टि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इजरायलको प्रधानमन्त्री कार्यालयका कर्मचारीमा कोरोना पुष्टि


प्रशासन संवाददाता

२० जेष्ठ २०७७, मंगलबार


काठमाडौं । इजरायलको प्रधानमन्त्री कार्यालयका कर्मचारीमा कोरोानाको पुष्टि भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको हो ।

तर ७० वर्षीय प्रधानमन्त्री नेतन्याहु ती संक्रमित कर्मचारीको सम्पर्कमा थिए कि थिएनन् भन्ने जानकारी भने दिइएको छैन ।

यसबारे अनुसन्धान भइरहेको प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसपछि संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुलाई आवश्यक दिशानिर्देशन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसअघि दुई पटक प्रधानमन्त्री नेतन्याहुले कोरोना संक्रमणको खतरा सामना गरिसकेका छन् । गत मार्च महिनामा उनका सल्लाहकारमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि अप्रिल महिनामा तत्कालीन स्वास्थ्यमन्त्रीमा कोरोना परीक्षण गरिएको थियो, यद्यपि उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

इजरायलमा हालसम्म १७ हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ सय ८५ जनाको मृत्यु भएको छ । पछिल्ला दिनहरुमा इजरायलमा संक्रमणको दर बढिरहेको छ । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस