थप १३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १८११ पुग्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

थप १३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १८११ पुग्यो


१९ जेष्ठ २०७७, सोमबार


काठमाडौँ । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । यसअघि नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताइएको थियो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ । सोमबार एकै दिन २ सय ३९ जनामा कोरोना संक्रमण भएको छ ।

सोमबार साँझ घोषणा गरिएको १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस