सुदूरका सबै जिल्लामा कोरोना संक्रमीत पुष्टी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुदूरका सबै जिल्लामा कोरोना संक्रमीत पुष्टी


१९ जेष्ठ २०७७, सोमबार


डोटी । डोटी जिल्लामा नयाँ संक्रमित देखिए सँगै सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा कोरोना संक्रमण देखिएको पुष्ठी भएको छ ।

यसअघि प्रदेशका आठ जिल्लामा संक्रमित भेटिएकोमा सोमबार डोटीमा नयाँ संक्रमित भेटिएका सँगै सबै प्रदेशका सबै जिल्लामा देखिएको हो ।

सोमबार मात्र सुदुरपश्चिम प्रदेशमा नयाँ १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा कैलालीका १४, कञ्चनपुर, डोटी, अछाम र बैतडीका एक, एक गरी १८ जनामा नयाँ संक्रमण पुष्टि भएको हो । उनीहरु मध्ये कैलालीमा तीन जना महिला छन् भने बाँकी सबै पुरुष रहेको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

कैलालीका १४ संक्रमित मध्ये एक जना धनगढी उप-महानगरपालिका १२ जुगेडाका २५ बर्षीय पुरुष, गौरीगंगा वडा नम्वर ७ का ४७ बर्षीय पुरुष, २४ बर्षीय पुरुष, २१ बर्षीय पुरुष र २४ बर्षिय पुरुष, बर्दगोरीया ७ का २७ बर्षीय पुरुष रहेका छन्। त्यस्तै गौरीगंगा २ को मालिका माविको क्वारेन्टिनमा रहेका १९ बर्षीय पुरुष, ३३ बर्षीय पुरुष, २८ बर्षीय पुरुष, ३५ बर्षीय पुरुष, २८ बर्षीय महिला, २७ बर्षीय महिला, ५ बर्षीय बालक, २२ बर्षीय महिलामा रहेका छन् । त्यस्तै कञ्चनपुरका शुक्लाफाँटा नगरपालिकाका ११ महिनाका बालक हुन भने डोटीका शिखर नगरपालिका ३ का २५ बर्षीय पुरुष रहेका छन ्। यस्तै बैतडीका पाटन नगरपालिका ८ का ३५ बर्षीय पुरुष र अछामको चौरपाटी गाउँपालिका वडा नम्वर २ का ३३ बर्षीय पुरुष रहेका सेति प्रादेशिक अस्पतालले जनाएको छ ।

यो सँगै सुदूरपश्चिम प्रदेशभित्र संक्रमितको सख्या ४३ पुगेको छ भने बाँकी दुई जनाको कर्णाली प्रदेशमा उपचार भईरहेको छ । कैलालीमा २७, बैतडीमा ६, अछाममा तीन, बाजुरा र कञ्चनपुरमा दुई-दुई, डोटी, डडेल्धुरा र दार्चुलामा एक, एक जनामा कोरोना पुष्टि भएको हो । यस्तै बाजुरा र बझाङका एक, एक जना संक्रमित भने कर्णाली प्रदेशमा उपचाररत रहेको समेत जानकारी प्राप्त भएको छ ।
डोटीका संक्रमित आठ दिन अगाडी भारत बाट आएका थिए

डोटी जिल्लामा पहिलो पटक एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १२ गते भारतबाट गौरिफण्टा नाका हुँदै डोटी पुगेका शिखर नगरपालिका वडा नं. ३ का २५ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ ।

एक बच्चा र श्रीमती सहित भारतबाट आएका उनलाई १२ गते नै शिखर नगरपालिकाले वडा नम्बर ३ मा तयार गरेको अमरज्योती आधारभुत बिद्यालयको क्वारेन्टाईनमा राखिएकोे शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिष शाहले बताए ।

क्वारेन्टिनमा रहेका संक्रमित शुक्रबार बच्चाको स्वास्थ्यमा समस्या देखिए पछि शिखर नगरपालिकाको एम्बुलेनस मार्फत बच्चा, श्रीमती सहित जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका थिए ।

संक्रमीत बच्चा र श्रीमतीको तिनै जनाको जेठ १६ गते स्वाव संकलन गरेर सेती प्रादेशिक अस्पताल धनगढी पठाएको थियो जसको रिपोट आज आएको हो । उनि सँगै पठाएको अन्य छोरा, श्रीमती र एक जना सोही नगरपािलकाको अर्को ब्यक्तिको रिपोट भने नेगेटीभ आएको छ ।

संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । उनिसँगै भारत बाट आएका ३६ जनालाई अमरज्योती आधारभुत बिद्यालयको क्वारेन्टिनमा राखिएको छ ।उनिहरुको १, २ दिनभित्र स्वाव संकलन गर्ने तयारी रहेको समेत स्वास्थ्य कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस