नर्भिक अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नर्भिक अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि


१९ जेष्ठ २०७७, सोमबार


काठमाडौँ । काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा भर्ना भएर उपचाररत हेटौंडा उपमहानगरपालिका ४ कि ६१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसनमा लगिएको छ ।

नर्भिक अस्पताललका अनुसार संक्रमित महिलालाई उपचारका लागि बिहीबार राति ल्याइएकोमा उनलाई कोरोना संक्रमितको उपचारका लागि तयार पारिएको आइसोलेसनमा राखिएर उपचार गरिएको थियो।

सोही दिनको उनमा कोरोना परीक्षणका लागि स्‍वाब सं‌कलन गरेर पठाइएको र बिरामीलाई आइसोलेसनमा नै राखेर उपचार गरिएकोले चिकित्सकहरुलाई खतरा नभएको अस्पतालले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस