गृह मन्त्रालयद्वारा ४४ सिडिओ तथा सहायक सिडिओको सरुवा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गृह मन्त्रालयद्वारा ४४ सिडिओ तथा सहायक सिडिओको सरुवा


१९ जेष्ठ २०७७, सोमबार


काठमाडौँ । गृह मन्त्रालयले सोमबार ४४ जना प्रमुख जिल्ला अधिकारी(सिडिओ) तथा सहायक सिडिओ को सरुवा गरेको छ । सोमबार मन्त्रालयले प्रमुख जिल्ला अधिकारी(उपसचिव/सहसचिव) दरबन्दीसहित ४४ जना सिडिओ तथा सहायक सिडिओको सरुवा गरेको हो ।

जेठ १८ गते भएको गृह मन्त्रालयको मन्त्री स्तरको निर्णयबमोजिम मन्त्रालयलगायत विभिन्न कार्यालयमा कार्यरत प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकाको सरुवा, काज तथा पदस्थापना गरिएको हो ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव हिरालाल रेग्मीलाई सुर्खेतको सिडिओमा पदस्थापन गरिएको छ । त्यसैगरी बर्दियाका सिडिओ प्रेम लामिछानेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने ओखलढुङ्गाका सिडिओ गणेश आचार्यलाई डिल्लीबजार कारागारको जेलरमा सरुवा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक सिडिओ जीवन आचार्यलाई सङ्खुवासभाको सिडिओमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस