सहसचिव अन्तर्वार्ताको नयाँ कार्य तालिका सार्वजनिक, असार दुई गतेबाट द्वितीय चरणको परीक्षा सुरु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सहसचिव अन्तर्वार्ताको नयाँ कार्य तालिका सार्वजनिक, असार दुई गतेबाट द्वितीय चरणको परीक्षा सुरु


१९ जेष्ठ २०७७, सोमबार


लोक सेवा

काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदको नयाँ अन्तर्वार्ता कार्यक्रम निर्धारण गरेको छ ।

आयोगको आज(सोमबार) बसेको बैठकले लिखित परीक्षा सम्पन्न भएका र अन्तर्वार्ता कार्यक्रममा प्रवेश गरिसकेका राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)का विज्ञापनको द्वितीय चरणको परीक्षा कार्यक्रम सञ्चालन गर्ने गरी नयाँ कार्य तालिका सार्वजनिक गरेको हो ।

आयोगका अनुसार विज्ञापन नम्बर १६६५३/०७६-०७७(आ.प्र.) नेपाल प्रशासन सेवा, १६६५४/०७६-०७७(आ.प्र.) नेपाल लेखा परीक्षण सेवा, १६६५५/०७६-०७७(खुल्ला तथा समावेशी) नेपाल प्रशासन सेवा र १७१५१/०७६-०७७(आ.प्र.)नेपाल इन्जिनियरिङ सेवा, सिभिल, जनरल तर्फको कार्यपालिका निर्धारण गरिएको छ ।

कार्यपालिका अनुसार असार २ गतेदेखि २६ गतेसम्म परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस